बाजागाजासहित रोपाइँमा रमाए एभरेष्टका विद्यार्थी


विराटनगर । आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस । नेपालको प्रमुख अन्न बालीको रूपमा रहेको धान उत्पादनलाई महत्त्व दिँदै सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ ।

यही दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले हरेक वर्ष आफ्ना विद्यार्थीलाई खेतमा लगेर रोपाइँमा सहभागी गराउँदै आएको छ । यस वर्ष पनि विराटनगर महानगरपालिका नजिकै रहेको ग्राम थानको झोराहाटमा बाजागाजासहित विद्यार्थीहरूलाई लगेर आफ्नो संस्कृति र परम्परालाई बुझाउने प्रयास गरेको छ ।

रोपाइँका बेला गरिने हरेक क्रियाकलापमा सहभागी हुँदै विद्यार्थीहरूले हिलो खेलेर मनोरञ्जन समेत गरेका छन् । साहित्यकार तथा कलाकार भरत गुरागाईँ को संयोजनमा एभरेष्टका कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई रोपाइँमा सहभागी गराएको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियाले बताउनुभयो ।

यस्तै रोपाई सकेर विद्यार्थीहरूलाई दही चिउरा खाने संस्कृतिमा समेत सहभागी गराइयो । विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै हाम्रा असल संस्कृति र परम्परालाई पनि बुझाउनुपर्छ भन्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘कृषिप्रधान हाम्रो देशका लागि त यस्ता दिवसहरूको महत्त्व हुन्छ, त्यो महत्त्व विद्यार्थीलाई बुझाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्