श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न


पथरी । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ मोरङमा मङ्गलवार श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरूको सहभागितामा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको हो ।

पथरी शनिश्चरे नगरपालिका वडा न. १ को नमुना पञ्चायत मा.वि, वडा न. ३ को जनता मावि वडा न. ७ को चन्द्र किरातेश्वर मावि, र बाल कल्याण मावि र दुर्गा मा.विका विद्यार्थीहरू सहभागी भएका थिए । यस प्रतियोगितामा दुर्गा मावि प्रथम, जनता मावि द्धतिय, नमुना पञ्चायत मावि तृतीय, भएको दुर्गा मा.विका प्रधानाध्यापक यादव घिमिरेले बताए ।

यस्तै पथरी शनिश्चरे ७ को बाल कल्याण मा.विले सान्त्वना र चन्द्र किरातेश्वर मावि पाँचौँ भएको थियो । कार्यक्रममा सहभागी भएर प्रथम हुनेलाई पुरस्कार २ हजार नगद र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र, तेस्रो पुरस्कार नगद १ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार नगद ५ सय सय रुपैयाँ र प्रमाण पत्र वितरण गरियो भने पाँचौँ स्थान हुनेलाई सहभागिताको प्रमाण पत्र यातायात खर्च प्रदान गरिएको आयोजक विद्यालयले जानकारी दियो ।

अन्तर सामुदायिक विद्यालय स्तरीय विद्यार्थी र विद्यालयहरू बिच भाइचारा सम्बन्ध मजबुत बनाउँदै एक आपस समन्वय, सद्भाव कायम गराउँदै लाने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिए । अतिरिक्त क्रियाकलाप कार्यक्रमको माध्यमबाट जोडिने उद्देश्य रहेको प्रधानाध्यापक घिमिरेले बताए ।

कार्यक्रममा चन्द्र किरातेश्वर मा.विका प्रधानाध्यापक हर्कराज जिमीले यो कार्यक्रम नौलो भएको आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । कार्यक्रममा सञ्चालनका लागी स्थानीय व्यवसायी तथा शिक्षाप्रेमी तेजबहादुर बुढाथोकी र भिमादेवी कार्की बुढाथोकीलाई कद्दर पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्