जसपा बेलबारीको अध्यक्षमा अमिर मगर


बेलबारी । जनता समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिको अध्यक्षमा अमिर मगर चयन भएका छन् । शनिवार जसपा बेलबारीको रूपान्तरण तथा पुनर्गठन कार्यक्रमबाट मगर अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

मगरको नेतृत्वमामा २५ सदस्यीय समिति पुनर्गठन भएको छ । उपाध्यक्षमा लीला राई, सन्तोष तामाङ, सचिवमा शिवकुमार राई, सह–सचिवमा शशी राई, नवीन चौधरी, कोषाध्यक्षमा वासुदेव राई चयन भएका छन् । सदस्यहरूमा दिपा राई, सुमित थुलुङ राई, जगत धिमाल, प्रताप राई, हरिनारायण कलावर, भरत राई लगायत रहेका छन् ।

कार्यक्रम जसपा बेलबारीका निवर्तमान अध्यक्ष तिलक साम्पाङको अध्यक्षता साथै जसपा १ नं. प्रदेश समितिका उपाध्यक्ष केशरमान् गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्