बेतनाको ८ वर्ष पछि निर्वाचन सम्पन्न : अध्यक्षमा शम्भु, सचिवमा सुजित निर्वाचित


बेलबारी । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारीको अध्यक्षमा नेपाली काँग्रेसका शम्भु भट्टराई निर्वाचित भएका छन् । मङ्गलवार २९ गते सम्पन्न निर्वाचनबाट भट्टराई निर्वाचित भएका हुन ।

सचिवमा नेकपा एमालेका सुजित बस्नेत निर्वाचित भएका छन् । शम्भुले स्वतन्त्र उम्मेदवार पर्वत राईलाई ८३ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन भने सुजितले प्रकाश लिम्बुलाई ११९ मतान्तरले पराजित गरेका हुन ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बिच शम्भु नेतृत्वको उम्मेदवारलाई साथ दिने आन्तरिक सहमति भएता पनि चुनावी मैदानमा कार्यान्वयन देखिएन । गठबन्धनको आन्तरिक सहमति भएता पनि मत धूर्वीकृत देखिएको छ ।

स्वतन्त्र भनिए पनि पर्वत राईको नेतृत्वको उम्मेदवार माओवादी केन्द्र निकट हुन । स्वतन्त्र उम्मेदवार भए पनि गठबन्धन भएको अध्यक्षको उम्मेदवारको लागि पर्वत भारी देखिए । पर्वतले सम्मानजनक मत प्राप्त गरेका छन् । शम्भुले गठबन्धनबाट १९६ मत ल्याइरहँदा पर्वतले ११३ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा जीवन कुमार राई, दिल बहादुर श्रेष्ठ, सुजित कुमार राई, बलराम शङ्कर, गोपाल तामाङ, महिला सदस्यमा रमिला राई, बिन्दु कटुवाल, अर कुमारी घिमिरे, लक्ष्मी अर्याल, मनिता लिम्बु निर्वाचित भएका छन् । आ.लेखा समितिको संयोजकमा हरिप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा बिन्दुकला गुरुङ र सहसचिवमा राजन प्रसाईँ यस अघि नै निर्विरोध निर्वाचित भएका हुन । २०८० पुस १८ गते तय गरीको निर्वाचन असफल भए पनि २०८१ ज्येष्ठ २९ गते गरिएको हो । विभिन्न कारण अवरोध भएको निर्वाचन मङ्गलवार सम्पन्न भएसँगै बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारीले ८ वर्ष पछि नयाँ कार्य समिति प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्