सुकुना क्याम्पसमा लागु पदार्थ दुर्व्यसन विरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम सम्पन्न


सुन्दरहरैँचा। सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा लागु पदार्थ दुर्व्यसन विरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । परिवर्तनका लागि युवा संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं.१२ का अध्यक्ष रोशन ढकालले परिवर्तनका लागि युवा संस्थाको कार्यको प्रशंसा गर्दै लागु पदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रमले युवाहरू वास्तव मै मार्ग-निर्देशित हुने अपेक्षा राखे । प्रहरी वरिष्ठ नायव निरीक्षक सुवेन्द्र कुमार कर्णले प्रशिक्षण दिएका थिए ।

परिवर्तनका लागि युवा संस्थाले विगतमा पनि विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण, निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बिच नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता, सुन्दरहरैँचा तथा बेलबारीका युवाका लागि मानसिक स्वास्थ्य सम्बन्धी परामर्श कार्यक्रम लगायतका कार्यक्रमहरू गरेका अध्यक्ष एलिस ओझाले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्