विराटनगरमा फेस अफ मारवाडी किड्सको २०१९ हुने


विराटनगर, ४ मङ्सिर /  फेस अफ मारवाडी किड्स २०१९ हुने भएको छ । आउँदो मङ्सिर २२ गते विराटनगर स्थित जैन भवनमा हुने उक्त प्रतियोगिताको फाइनलमा ४५ जना प्रतियोगी छन् । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ को संयुक्त आयोजना यो प्रतियोगिता हुन लागेको हो ।

फाइनलमा पुगेका ४ देखि १४ वर्षका बालबालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगीहरू विराटनगर, इटहरी, धरानलगायतका सहरबाट सहभागी छन् । फाइनलमा पुगेका प्रतियोगीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूलाई प्रशिक्षण दिँदै आएको अध्यक्ष अग्रवालले बताए ।

मारवाडी बालबालिकाहरूमा भएको प्रतिभा उजागर गर्नुको साथी उनीहरूको व्यक्तित्व विकास गराइ समाज निमार्णमा उल्लेखिनिय योगदान पु-याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने उनले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवाडी किड्स हुन लागेको हो,’ अध्यक्ष अग्रवालले भने, ‘यो प्रतियोगिता निष्पक्ष र भव्य तरिकाले हुनेछ ।’ मारवाडी युवा मञ्चले आयोजना गरिएको फेस अफ मारवाडी किड्स पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्