त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ


काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

गए राति फ्वाई दुबईबाट साँझ पौने ७ बजे आएका भारतीय नागरिक ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन पक्राउ परेका हुन् । उनीहरूले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन् । उनीहरूलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्