काठमाडौं । काठमाडौं महानगरपालिका–५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेको छ । शुक्रवार बिहान प्रहरीले रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन बिकलाई पक्राउ गरेको हो ।
मिलन समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नगद फेला पारेको हो ।
प्रहरीका अनुसार आवश्यक अनुसन्धानको लागि दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।