जनता समाजवादी पार्टी विभाजित : ७ सांसदसहित ३० केन्द्रीय सदस्य अशोक नेतृत्वको नयाँ पार्टीमा


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राईले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सात सांसदसहित ३० केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाएका छन् ।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ । सहअध्यक्ष रेणुकुमारी यादव बनेकी छन् । नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ । मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन् ।

नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ । हस्ताक्षर गरेका सात सांसद आयोग कार्यालयमा पुगेका छन् । डा. वीरेन्द्र महतोलाई कोषाध्यक्ष बनाइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्