सबै चारपाङ्ग्रे विद्युतीय गाडी अब नेपालमै उत्पादन हुने : चाईना र नेपाली कम्पनी बिच सम्झौता


विराटनगर । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा अब नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन हुने भएको छ । एक वर्ष भित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका आज नेपालको कोशी एन के मोटर्स प्रा.लि. र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।

चाईनाको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्र अनुसार बिहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर भएको हो । सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) ले हस्ताक्षर गर्नुभयो । उक्त अवसरमा कोशी एनके का एमडी टीआर ढकालको समेत उपस्थिति थियो ।

सम्झौता भएसँगै अब नेपालमा नै चाईनिज तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो । नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने अध्यक्ष टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार १ वर्ष भित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने छ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्