मन्त्री मण्डल पुनर्गठन गर्ने निश्चित : प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक


काठमाडौँ, ४ मङ्सिर / प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधवार) मन्त्री मण्डल पुनर्गठन गर्ने निश्चित गर्दै नेकपा सचिवालय बैठक बोलाएका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग बिहानैदेखि छलफलमा जुटेका ओलीले नयाँ मन्त्रीहरूको नामावली टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बोलाएका हुन ।

प्रधानमन्त्री ओलीले मङ्गलवार मन्त्रिपरिषद्को बैठकमा मन्त्री मण्डल पुनर्गठन गर्ने निश्चित गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज १२ बजे बस्ने नेकपा सचिवालय बैठकले थपिने र बाहिरिने मन्त्रीहरूको अन्तिम टुङ्गो लगाउनेछ ।

स्रोतका बढीमा १० जनासम्म मन्त्रीहरू हटाउने तयारी प्रधानमन्त्रीको छ । हटाइने मन्त्रीको सूचीमा थममाया थाया, लालबाबु पण्डित, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठ, बिना मगर, गोकर्ण विष्ट लगायत छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा,प्रभु साह लगायत थपिने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्