आमाको हत्या आरोपमा छोरा पक्राउ


इलाम । इलामको माई नगरपालिका–२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ गरेको छ । आमाको हत्याको आरोपमा २१ वर्षीय सन्देश दियालीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार राती ११:00 बजे मादक पदार्थ सेवन गरेर घर सन्देशले घरायसी वाद विवादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारिलो हतियार बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रहरी चौकी दानबारीबाट तत्काल घटनास्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न सन्देशलाई धारिलो हतियार सहित नियन्त्रणमा लिएको छ । साथै घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्