सुहाङ ७८० मतले अगाडि


इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तर बनाउँदै अघि बढेका छन् । आइतबार दिउँसोबाट सुरु भएको मत गणना अहिले फाकफोकथुम गाउँपालिकाको चलिरहेको छ । सुरुमा नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएका थिए ।

तर, वडा नम्बर ४ को मत गणनापछि एमालेका नेम्वाङले उछिने र अघि लागेका हुन् । पछिल्लो मत परिणाम अनुसार सुहाङ ७८० मतले अघि छन् । उनी ३,२४९ मतान्तरले अघि छन् । नेपाली काँग्रेसका खड्काले २,४६९ मत प्राप्त गरेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् । उनले ७०३ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ४३४ मत प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्