नझरेका फूलहरूको १०औँ वार्षिकोत्सव सम्पन्न : कलाकार तथा सञ्चारकर्मी सम्मानित 


सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा स्थित नझरेका फूलहरूको १०औँ वार्षिकोत्सव, ४२औँ पलेँटी शृङ्खला, स्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न भएको छ ।

रोजाइ मन्टेश्वरीकाे प्राङ्गणमा भएको कार्यक्रममा साहित्यकार मनु मञ्जिल प्रमुख अतिथि थिए। समारोहमा गायक कृष्णराजा श्रेष्ठलाई ‘नझरेका फूलहरू स्रष्टा सम्मान-२०८१’ बाट सम्मान गरियो । साथै कार्यक्रममा सञ्चारकर्मी, कोशी नेपाल मिडियाका प्रमुख अर्जुन कुलुङ राई, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता मणिराम दाहाल र खेमचन्द्र अधिकारीलाई नगद तथा कदरपत्रद्वारा सम्मानित गरिएको थियो।

कार्यक्रमको ४२औँ पलेँटी शृङ्खलामा गायक कृष्णराजा श्रेष्ठको कर्णप्रिय आवाजमा एकल गायनको सुन्दर गीतहरूले उपस्थिति सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा विराट कला समूहका कलाकारको उत्कृष्ट नृत्य सँगै गायक टीकाराम राई,प्रज्वलन पौडेल र समीक्षा दाहालका केही सुन्दर गीतहरू  प्रस्तुत भएको आयोजक नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले जानकारी दिए । साहित्यकार पुरनकुमार  राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य छविवैरागी घिमिरेले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्