विराटनगरमा प्रतिबन्धित लागुऔषधसहित लेटाङका २ जना पक्राउ


विराटनगर । मोरङको लेटाङ नगरपालिकाका दुई युवक प्रतिबन्धित लागु औषध ब्राउनसुगरसहित पक्राउ परेको छ । विराटनगर महानगरपालिका वडा नं.१५ स्थित एक नम्बर ढाटबाट दुई युवकलाई पहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधवार दिउँसो करिब १२ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लेटाङ वडा नं.९ बस्ने रोशन दर्जी र सुदन परियारलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले दुई युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ७ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्