बेलबारी ९ मा नयाँ वर्षको अवसरमा शुभकामना विशेष साङ्गीतिक कार्यक्रम हुने


बेलबारी । श्री डायमण्ड प्रोगेसिभ युवा क्लब तथा महाराजथान विकास समितिको संयुक्त आयोजनामा बेलबारी नगरपालिका वडा नं.९ मा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना विशेष साङ्गीतिक कार्यक्रम हुँदै छ । बेलबारी ९ स्थित पोखरीया महाराजथान परिसरमा वैशाख ९ गते आइतबार हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार गायिका अनु चौधरीको विशेष प्रस्तुतिको साथै पूर्वाञ्चल डान्स स्टुडियो र स्थानीय कालाकारहरूको प्रस्तुति रहने छ । श्री डायमण्ड प्रोगेसिभ युवा क्लब, बेलबारी तथा महाराजथान विकास समिति बेलबारीले सम्पूर्ण सङ्गीत तथा कला प्रेमीहरूलाई कार्यक्रम निमन्त्रणा पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्