घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल पक्राउ


पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका अर्का इन्जिनियर पनि पक्राउ परेका छन् । घर निर्माण पुरा भएको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया पक्राउपछि अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा शाखाकै अर्का इन्जिनियर शिवराज बराल पक्राउ परेका हुन् ।

उषाकिरण गएको चैत २८ गते सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । सो प्रकरणमा गोदार कन्सल्टेन्सीका सुरज कुँवर पनि पक्राउ परेका थिए भने गहिरिएर अनुसन्धान गर्ने क्रममा बराल पनि संलग्न भेटिएको अख्तियारका पोखरा प्रवक्ता जगदीश शिवाकोटीले जनाए ।

बराललाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइएको छ । नक्सा पास गर्ने क्रममा इन्जिनियरसहितको गिरोहले पटक–पटक घुस लिएको भेटिएको अख्तियारको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्