बेलबारीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कारको प्रयास : एक पुरुष पक्राउ


बेलबारी । बेलबारीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गर्ने प्रयासमा ३९ वर्षका एक पुरुष पक्राउ परेको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नं.८ निवासी ३९ वर्षका पिठ बहादुर फुयल जबरजस्ती करणी उद्योगमा पक्राउ परेको हो ।

घरमा एक्लै भएको दाउ पारेर बलात्कार गर्ने प्रयास गरेको पीडित महिला बत्ताऊ छिन । उनी नहिँड्न सक्छिन्, न राम्रो गरी बोल्न, बस्न पनि सहज गरी सक्दिनन् । उनीले बोलेको बुझ्न निकै बेर सुने पछि मात्र बुझिन्छ । तर कुनै मानवीय भावना नराखी एक पूर्ण अपाङ्ग भएकी महिलालाई बलात्कार गर्ने प्रयास गर्नु ठुलो अपराध भएको बताउँदै चाँडो भन्दा चाँडो न्याय पाउ भन्ने पीडित महिला परिवारको आग्रह रहेको छ ।

महिलाको तर्फबाट परिवारले जाहेरी दिए लगतै इलाका प्रहरी कार्यालय बेलबारीले वैशाख २ गते फुयललाई पक्राउ गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्