सब्जी बोक्ने मिनी-ट्रकबाट ५४४ केजी गाँजा बरामद


धनकुटा । धनकुटाको साँगुरीगढीबाट ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकबाट सब्जी बोक्ने मिनी-ट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तर ट्रकका चालक तत्काल फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ । अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्