बुहारी करणी गरेको आरोपमा एक जना पक्राउ


उर्लाबारी । सहोदर भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

आफ्नै जेठाजुले २५ वर्षीय महिलालाई मुख तथा घाटीमा समाती भाग्न, उम्कन र कराउनसमेत नसक्ने गरी बोकी आफू सुत्ने कोठामा लगी लडाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । घटना सोमबार राति १२ बजेको हो ।

घटनाबारे जानकारी भए लगत्तै आरोपी पौडेललाई उनकै घरबाट पक्राउ गरी नियन्त्रणमा लिइएको इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्