ब्राउन सुगर सहित १ युवती पक्राउ


मोरङ । मोरङको सुनवर्षी नगरपालिकाबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेको छ । शनिवार वडा नं. ८ स्थित हरिसचन्द्रगढीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका ६ पटियापाडाकी २० वर्षीय सुलेखा राजवंशीलाई हिजो बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेकी सुलेखालाई इलाका प्रहरी कार्यालय रँगेलीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्