सुन्दरहरैँचा ७ बाट ब्राउन सुगरसहित दुई जना युवक पक्राउ


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जना युवक पक्राउ गरेको छ । शुक्रवार सुन्दरहरैँचा नगरपालिका वडा नं.७ स्थित पाथीभरा टोलबाट दुई जना पक्राउ परेका हुन ।

प्रहरीका अनुसार लागु औषध बेचबिखन भइरहेको गोप्य सूचना पाए पछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद दाहालको नेतृत्वको टोलीले कमल वानेमको घरबाट इटहरी उपमहानगरपालिका वडा नं.५ का वर्ष २५ का जीवन लिम्बु र वर्ष २६ का सुमन लिम्बु २ ग्राम ५१ मिलिग्रामसहित पक्राउ गर्न सफल भएको हो । दुई युवक वानेमको घरमा पाहुना आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्