दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जनाको मृत्यु, ८ वर्षीय एक बालिका मात्र जीवित


काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । दुर्घटना स्थलमा आठ वर्षीय एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरू बिहीबार दुर्घटनामा परेका हुन् । उनीहरू सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटना स्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्