भारत उत्तराखण्डका मुख्यमन्त्रीको कालापानी भारतको भएको दाबी


काठमाडौँ, ३ मङ्सिर । कालापानीबाट भारतीय फौज हटाउनुपर्ने प्रधानमन्त्री केपी ओलीको सार्वजनिक भएको अभिव्यक्ति भारतीय सञ्चार माध्यमको मुख्य खबर भएको छ ।

भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई समाचार बनाए पछि भारतमा चर्चाको विषय बनेको छ । यसबारे उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् ।

मुख्यमन्त्री राउतले अमर उज्यालासँग कुरा गर्दै नेपालले भनेको कुरा चिन्ताजनक रहेको बताउँदै कालापानी भारतको भएको दाबी गरेका हुन । मुख्यमन्त्री राउतले नेपाल भारतको मित्र राष्ट्र भएकाले कुनै विवाद वार्ता र संवादमार्फत हल गर्न सकिने पनि बताएका छन् ।

भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी–लिपुलेक आफ्नो भूभागमा समेट्दै एकतर्फी रूपमा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको पछि, प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले भारतले आफ्नो सेना फिर्ता लैजान आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्