उदयपुरमा ढुङ्गा उत्खनन विवादमा भएको चक्काजाम स्थानीयले फिर्ता लिए


उदयपुर, ३ मङ्सिर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ढुङ्गा उत्खनन विवादमा भएको आन्दोलन स्थानीयले फिर्ता लिएका छन् । बुधवारदेखि भएको चक्काजामको घोषणा आज मङ्गलवार फिर्ता लिएका हुन ।

आज बिहान प्रहरी र स्थानीयबिच झडप भएको थियो तर जिल्ला समन्वय समितिमा भएको भद्र सहमतिपछि स्थानीयले चक्काजाम फिर्ता लिएका छन् । स्थानीयले कोशीपुल–रुपनगर सडक अवरोध गरेर एम्बुलेन्स बाहेक अन्य सवारी साधन चल्न दिएका थिएनन् ।

प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्का अनुसार नगर प्रमुखसँग समस्या समाधानका लागि पछि वार्ता गर्ने सहमतिपछि स्थानीयले आन्दोलन फिर्ता लिएका छन् । स्थानीयले चक्काजाम फिर्ता लिएपछि यातायात चलन थालेको छ ।

बेलका नगरपालिका ४ र ६ को सिसुवाखोलाबाट नियम विपरीत ढुङ्गा लगेको भन्दै स्थानीयले लोड गरिएको सिरहाको विपी कन्स्ट्रक्सनको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए । सोमबार सोही टिपर प्रहरीले लैजाने क्रममा स्थानीय र प्रहरी बिच झडप भएको थियो । सो झडपमा प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थिए । झडपमा केही स्थानीय र प्रहरीसमेत घाइते भएका छन् ।

स्थानीयले बुधवार पूर्व–पश्चिम वैकल्पिक राजमार्गको रूपमा रहेको कोशीपुल–रुपनगर सडक प्रहरीले दमन गरेको भन्दै भन्दै गरेका थिए । भदौमा सिरहाको विपी कन्स्ट्रक्सन कम्पनीले रु.३ करोड ५६ लाखमा सिसुवा खोलाबाट ढुङ्गा झिक्ने ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्