दुई बलात्कारीलाई सर्वोच्चको आदेश, ११ वर्ष जेल


काठमाडौँ, २ मङ्सिर । बैतडीकी पूजा बोहोरा बलात्कार आरोपित २ जनालाई सर्वोच्च अदालतले ११ वर्षको जेल सजायको आदेश दिएको छ ।

पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलाई उल्टाउँदै सर्वोच्च अदालतले पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमसर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिवादीलाई बलात्कार कसुरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसुरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ भने दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र ५ लाख सरकारका तर्फबाट गरी १० लाख क्षतिपूर्ति पीडितलाई भराउने पनि आदेश दिएको छ ।

बैताडी जिल्ला अदालतले सुनाएको मुद्दामा भट्ट र अवस्थालाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको पनि पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो ।

पुनरावेदनको फैसला विरुद्ध सरकारी वकिल कार्यालयले २०७१ पुस २ गते सर्वोच्चमा मुद्दा दायर गरेकोमा आइतबारको इजलासले क्षतिपूर्ति संरक्षण ऐनअनुसार क्षतिपूर्ति निर्धारणका लागि पेरोल अधिकृत नियुक्त गर्न पनि सरकारलाई आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्