लाजेहाङको प्रथम सहिद स्मृति दिवस बेलबारीमा मनाउँदै


बेलबारी । बेलबारी लाजेहाङको प्रथम सहिद स्मृति दिवस मनाउने भएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति मोरङ सुनसरीको आयोजनामा बेलबारी नगरपालिका वडा नं.३ स्थित किरात याक्थुम चुम्लुङको धार्मिक वनमा दिवस भोली (शनिवार) मनाउने भएको हो ।

लाजेहाङको समाधि स्थल किरात याक्थुम चुम्लुङको धार्मिक वन भित्र रहेकोले सोही स्थलमा प्रथम सहिद स्मृति दिवस मनाउने भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति मोरङका सह संयोजक डम्बर कुरुम्बाङले बताएका छन् । उनका अनुसार बिहान १० बजेदेखि कार्यक्रम सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्