बेलबारीमा नेपाली भूमि अतिक्रमण विरुद्ध बृहत् प्रदर्शनी कार्यक्रम (फोटो फिचर)


बेलबारी,२ मङ्सिर बेलबारीमा नेपाली भूमि अतिक्रमण विरुद्ध बृहत् प्रदर्शनी कार्यक्रम भएको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिए पछि देश भर विरोध कार्यक्रम भइरहेको बेला बेलबारीमा पनि सोमबार नेपाली भूमि अतिक्रमणमा विरुद्ध हजारौँको सङ्ख्यामा बृहत् -याली कार्यक्रम भएको हो ।

बृहत् -याली कार्यक्रममा विभिन्न सामाजिक संघसस्था, राजनीतिक पार्टी प्रतिनिधि, विध्यर्थीहरु, युवाहरू, सबैको उपस्थिति रहेको थियो । बेलबारी वाड नं. १ स्थित दुर्गा मन्दिरबाट सुरु भएको -याली वाड नं. २ लालभित्ती परिक्रमा पछि बेलबारीको मुख्य बजार पश्चिम बस स्टेसन फर्केर कोणसभामा परिणति भएको थियो ।

प्रदर्शनीमा अधिकांशले नेपालको झन्डा एक हातमा बोकेका थिए भने अर्को हातमा भारतको अतिक्रमणमा विरुद्ध नाराको कार्ड बोकेका थिए । -यालीमा “गो व्यापक इन्डिया”,“कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो”, “हाम्रो नेपाल, हाम्रो देश प्राण भन्दा प्यारो छ”, गोर्खालीको खुकुरीको धार सिमानामा नेपालको पर्खाल”, जस्ता नाराले बेलबारी गुन्जयमान भएको थियो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष योगेन्द्र सुवेदी, नेपाली काँग्रेसका नेता नगेन्द्र कट्टेल, समाजवादी पार्टीका युवा नेता अमिर मगर लगायतले कोणसभालाई सम्बोधन गरेका थिए । नेपाली भूमि अतिक्रमण विरुद्ध सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काग्रेंस लगायत सबै पार्टी एक भएर प्रतिवाद गर्नु पर्ने कोण सभामा सबै व्क्क्ताहरु मत व्यक्त गरेका थिए ।

बृहत् प्रदर्शनी कार्यक्रम युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्