नेपाली काँग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिए


जनकपुरधाम । नेपाली काँग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार काँग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेर नेकपा एमालेलाई सरकारमा सहभागी गराएपछि आज (शुक्रवार) समर्थन फिर्ता लिएको हो ।

काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । काँग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले अबको ३० दिनभित्रमा फेरि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्