कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४ औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा शुक्रवार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् ।

“पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकोले उहाँको नै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु”, उनले भने, “त्यसैले पूर्व मुख्यमन्त्री ज्यूले दिनु भएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु ।”

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,ञ उनले भने, त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’

यो सरकार विरुद्ध बलजफती गर्न जोसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरीत केही गर्न खोजिए तत्कालीन प्रधानसेनापति रूक्मांगद कटुवालको घटना दोहोरिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्