जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा ६ वटा घर जलेर नष्ट : भोजपुर


भोजपुर । भोजपुरमा जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा ६ वटा घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागी भएको हो । शनिवार दिउँसो जङ्गलबाट सुरु भएको डढेलो हावाहुरीका कारण बस्तीमा सल्किँदा ६ घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना र प्रहरीसहित स्थानीय बासिन्दाहरू जुटेका छन् । डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी रहे पनि आगो अझै फैलिइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

स्थानीय दुर्गा श्रेष्ठका अनुसार मालबाँसेको केही घरमा क्षति सँगै आगो झाँक्री सल्ला टोलतिर सल्किएको छ । पहाडी क्षेत्रमा सुख्खायाम सुरु भएसँगै वनमा लाग्ने डढेलोले वर्षेनी नजिकैका बस्तीमा जोखिम बढ्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्