पथरीशनिश्चरेमा एक बालिकाको हत्या !


पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका वडा नं.७ लामाटोलीमा एक बालिकाको हत्या भएको छ । वडा नं.७ लामाटोलीमा सुम्निमा होटेलकी १५ वर्षमा ज्ञानुमती थुलुङ राईलाई टाउको र घाटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

स्थानीयका अनुसार खोटाङ जिल्ला अ‍ेैसेलुखर्क स्थायी घर भएको ज्ञानुमती दुई वर्ष अगाडीदेखी आफन्तसँग बस्दै आएकी थिइन्। वडा नं. १ पञ्चायत मा.विमा कक्षा ७ मा अध्ययनरत थिइन ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृतक राईको शव घर र शौचालयको बिचमा भेटिएको हो। समाचार तयार पार्दा घट्नाको अनुसन्धानको लागि कुकुर मगाउन पर्ने हुनसक्ने भएकोले शव नछोईकन घेरा गरेर राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी दिए । घटना कसले र किन घटाएको,  खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्