नोबेलको सहयोगमा बेलबारी नगर अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य सेवा सुचारु हुँदै


बेलबारी । बेलबारी नगरपालिकाले नगर अस्पतालमा नि:शुल्क विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा सुचारु गर्ने भएको छ । विराटनगरस्थित नोबेल अस्पतालको सहयोगमा बेलबारी नगर अस्पतालमा विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा सुचारु गर्ने भएको हो ।

आज (आइतबार) बेलबारी नगरपालिका र नोबेल अस्पताल बिच सम्झौता भएको छ । बिहान १० बजेदेखि ३ बजेसम्म स्त्रीरोग सम्बन्धी स्त्रीरोग विशेषज्ञ डाक्टर प्रत्येक हप्ताको बुधवार, अर्थोपेडिक्स सम्बन्धी हार्डजोर्नी विशेषज्ञ डाक्टर प्रत्येक हप्ताको बुधवार, बालबालिका सम्बन्धी बालरोग विशेषज्ञ डाक्टर प्रत्येक हप्ताको शुक्रवार, क्यान्सर रोग सम्बन्धी क्यान्सर रोग विशेषज्ञ डाक्टरद्वारा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार नगर अस्पतालमा सेवा प्रदान गरिने नगर प्रमुख दिल प्रसाद राईले जनाएका छन् । नोबेल अस्पतालको यस सहयोगले बेलबारीमा स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराएको नगर प्रमुख राईले बताए । विशेषज्ञ सेवा भोली (सोमबार) को दिन देखिनै सुरु गर्ने राईले जनाएका छन् ।

बेलबारी नगरपालिकाको तर्फबाट नगर प्रमुख राई, उपप्रमुख नितु थापा कोइराला र नोबेल अस्पतालका प्रतिनिधि डा.मुक्ति आचार्यबिच सम्झौता पत्र आदानप्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्