तीव्र गतिमा बसले ओभरटेक गर्दा टिफर र भ्यानको ठक्करबाट २ जना यात्रु र चालकको मृत्यु


बेलबारी । तीव्र गतिमा बसले ओभरटेक गर्दा बेलबारीमा टिफर र भ्यानको ठक्करबाट २ जना यात्रु र चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार बिहान करिब ६ ३० बजे सडक दुर्घटनामा परी दुई यात्रुसहित चालकको पनि मृत्यु भएको छ ।

स्थानीयका अनुसार घटना स्थलमा नै एक पुरुष र एक महिला यात्रुको मृत्यु भएको थियो । उक्त मृत्यु झापाका कमल गाउँपालिका २ निवासी वर्ष ५२ को यदुकान्त भट्टराई र वडा नं.४ की वर्ष ४४ कि दिपा खनालको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार दुवैलाई कोशी अस्पताल विराटनगर पुराइएको थियो । पुराउनेसाथ अस्पतालले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चालक झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक यदुकान्तको श्रीमती वर्ष ४८ कि गायत्री भट्टराई र कमल गाउँपालिका वडा नं.४ का वर्ष ४६ का हरि खनालको उपचार न्युरो अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार गायत्रीको अवस्था सामान्य रहेको छ । उनको हात खुट्टामा चोट छ । मृतक दिपकी श्रीमान् हरिको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । हरिको हात खुट्टा साथै टाउकोमा चोट छ ।

पूर्वबाट आउँदै गरेको बस बेलबारी नगरपालिका वडा नं.१ र ३ स्थित पूर्व पश्चिम राजमार्गमा बिराटचौकबाट बेलबारी तर्फ आउँदै गरेको प्र १–०२–००१ ख ९६७६ नम्बरको टिफर र पथरीबाट बेलबारी तर्फ आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो एक आपसमा ठोकिएर भयानक सडक दुर्घटना भएको हो । सोही दिशाबाट तीव्र गतिमा आउँदै गरेको बा.प्र.०३–००१ ख २७१८ नम्बरको बसले बोलेरो भ्यानलाई ओभरटेक गर्दा टिफर अनियन्त्रित भई बसको पछाडिको भागमा ठक्कर दिई दुर्घटना घटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरो जिपमा चालकसहित ५ जना सवार थिए ।

बसको तीव्र गतिको कारण टिफर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट तीव्र गतिमा आइरहेको बसले बोलेरो भ्यानलाई ओभरटेक गर्दा पश्चिमबाट आउँदै गरेको टिफरसँग पछाडिको भागमा ठक्कर दिँदा अनियन्त्रित भएर भ्यानसँग ठोकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यदुकान्त र हरि साइनोमा ज्वाइँ-जेठान हुन् । हरि श्रीमती दीपसहित बहिनी गायत्री र ज्वाइँ यदुकान्तलाई लिएर पाँचथरको आरुबोटोस्थित छोरीको घरमा सम्धी ढोग भेटका लागि जाने क्रममा बिचैमा दुर्घटना भएको हो । प्रहरीका अनुसार झापाबाट पूर्व–पश्चिम र कोशी लोकमार्ग हुँदै तमोर कोरिडोरको बाटो भएर पाँचथरतर्फ जाने योजनाअनुरूप घरबाट निस्किएका उनीहरू पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारीमा लइपुग्न साथ दुर्घटनामा परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको टोलीले घटना स्थलबाटै सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस चालक सुन्दरहरैँचा १२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ । बस र टिफर पनि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्