आलमको धम्की : जिल्ला अशान्त बनाउने र प्रहरीलाई नै हत्कडी लगाउने


काठमाडौं, २ मंसिर । रौतहटमा बम विस्फोटमा घाइते भएकाहरुलाई इट्टाभट्टिमा जिउदै जलाएको आरोपमा थुनामा रहेका कांग्रेस पुर्व सांसद् मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने मान्छे मार्ने धम्की दिएका छन् ।

अलामले जिल्लानै अशान्त बनाउने र प्रहरीलाई पनि हत्कडी लगाउने समेत धम्की दिएका छन् । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा असोज २६ मा पक्राउ परेका आलमले प्रहरीसँग भनाभन गर्दै धम्की दिएका हुन् । राजपुरको इद्रिस गेट नजिकैबाट डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले अलामलाई पक्राउ गरेका थिए ।

अलामले डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै, छुटेपछि हत्कडी लगाई दिने धम्की उनले दिएका हुन् । (कान्तिपुर राष्ट्रियदैनिक)

प्रतिक्रिया दिनुहोस्