राजनीति कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन : शशांक कोइराला


काठमाडौँ । सत्ता साझेदार नेपाली काँग्रेसका नेता शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । आज (शनिवार) नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै उनले राजनीतिमा एउटा सुनिने तर, अर्कै हुने गरेको बताएका छन् ।

कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको भनाइ थियो । उनले राजनीतिको उतारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्न सक्ने बताए । उनले भने, ‘राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्