सुकुना क्याम्पसमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको खेल सप्ताहको खेलहरू सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको वार्षिक कार्ययोजनाअनुसार विभिन्न तह‚ सङ्काय र कक्षाहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि फागुन ३ गते देखि १८ गतेसम्म एथलेटिक्स‚ भलिबल‚ क्रिकेट‚ बास्केटबल र फुटबल खेलकुद कार्यक्रम सञ्चालन गरी सो कार्यक्रम शुक्रवार सम्पन्न गरिएको हो ।

कार्यक्रममा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा ७ जना छात्र र ९ जना छात्रा‚ २ सय मिटर दौडमा ७ जना छात्र र ९ जना छात्रा‚ ४ सय मिटरमा १० जना छात्र र ८ जना छात्रा‚ ८ सय मिटर दौडमा ५ जना छात्र र ६ जना छात्रा र १५ सय मिटर दौडमा ८ जना छात्र र ६ जना छात्रा सहभागी भएका थिए । हाइजम्प खेलमा १८ जना छात्र र ११ जना छात्रा‚ लङजम्प खेलमा १९ जना छात्र र १४ जना छात्रा तथा सटपुट खेलमा ९ जना छा र १६ जना छात्रा सहभागी भएको अतिरिक्त क्रियाकलाप समितिका सदस्य एवम् स्ववियुका अध्यक्ष सन्तोष लिम्बूले जानकारी गराएका छन् ।

भलिबल खेलमा छात्रातर्फ जम्मा ५ वटा टिम रहेकोमा बिबिएस‚ बिएस्सि‚ बिएडको संयुक्त टोली प्रथम र बिबिएस‚ बिएस्सिको टोली द्वितीय भएको र छात्रतर्फ जम्मा १३ टिम रहेकोमा बिबिएस‚ बिएस्सि‚ बिएडको संयुक्त टोली प्रथम र बिबिएस‚ बिएस्सिको टोली द्वितीय भएको अतिरिक्त क्रियाकलाप समितिका सदस्य मनिषकुमार थापाले जानकारी गराएका छन् । क्रिकेटतर्फ जम्मा १० वटा टिम सहभागी भएकोमा बिआईसिटीईले प्रथम स्थान र बिबिएस कक्षाले द्वितीय स्थान हासिल गर्न सफल भएको समितिका सदस्य खगेन्द्रराज दाहालले गराएका छन् ।


बास्केट वल खेलमा जम्मा ६ समूह सहभागी भएकोमा बिबिएस चौथो वर्षको समूह प्रथम र बिबिएस तेस्रो वर्षको समूह दोस्रो भएका छन् । फुटबल खेलतर्फ जम्मा २० टिम सहभागी भएकोमा बिबिएस समूह प्रथम र बिएड/बिआईसिटिई समूह द्वितीय भएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक विदुर सुवेदीले जनाएका छन् ।
उक्त अतिरिक्त क्रियाकलाप कार्यक्रम क्याम्पस र स्ववियुले संयुक्त रूपमा सञ्चालन गरेको थियो भने सबै विद्यार्थी सङ्घ सङ्गठनले सहयोग तथा समन्वय गरेका थिए । क्याम्पसले सञ्चालन गर्ने यस्ता अतिरिक्त क्रियाकलापहरूबाट विद्यार्थीहरूको शारीरिक‚ मानसिक‚ सामाजिक र सिर्जनात्मक क्षमता अभिवृद्धि हुने तथा उनीहरूको क्षमता पहिचान हुने भएकाले यस्ता कार्यक्रमहरू आवधिक रूपमा गरिने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताएका छन् ।

विभिन्न खेलमा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार भलिबल‚ फुटबल‚ बास्केटबल र क्रिकेटमा प्रथम हुने प्रत्येक समूहलाई रु. १० हजार ५ सय‚ मेडल र प्रमाणपत्र तथा द्वितीय हुने प्रत्येक समूहलाई रु.५ हजार ५ सय‚ मेडल र प्रमाणपत्र तथा एथलेटिक्स तर्फ प्रथम‚ द्वितीय र तृतीय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जनाएका छन् । सहायक क्याम्पस प्रमुख बलराम पोखरेलका अनुसार फागुन २३ गते बुधवार बिहान ७ः३० बजेदेखि पुरस्कार वितरण कार्यक्रम हुने छ ।

प्रतिक्रिया दिनुहोस्