कुडोस विद्यासदनको कार्निभल भव्य


उर्लाबारी । कुडोस विद्यासदन उर्लाबारी ६ ले आयोजना गरेको ‘कुडोस कार्निभल’ शनिबारभव्य रूपमा सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थी आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा सहभागीहरूले दिनभर मनोरञ्जन लिएका थिए । बालबालिकाका सांस्कृतिक कार्यक्रम र गायन, नृत्य, फेसन शो, नाटक, वक्तृत्वकला तथा कविता वाचन हेर्दा कुडोस स्कुलले बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान दिएको अनुभूति भएको अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । कार्निभललाई विद्यार्थीहरूको लागि एउटा आफ्नो क्षमता अभिवृद्धिका लागि अवसरको रूपमा आफूले बुझेको अभिभावकहरू बत्ताउँछन् । ‘कार्निभल विद्यार्थीहरूको लागि नयाँ कुरा सिक्ने र बुझ्ने प्लेटफर्मको रूपमा लिन सकिन्छ, यसले विद्यार्थीहरूको मनोबल बढाउन समेत सहयोग गर्छ ।’अभिभावकहरूको भाइ थियो ।

विद्यालयका संस्थापक, प्रिन्सिपल सूर्यकुमार पौडेलले बालबालिकालाई संस्कारयुक्त बनाउन आफूहरू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्छ, जसका लागि विद्यालय लागिरहेको छ ।’ यस्तै उहाँले विद्यालयले मेहनत गर्ने र यसमा अभिभावकको पनि साथ आवश्यक रहेको बताए। विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै उनले अभिभावकहरूलाई सोही अनुसारको वातावरण तयार गरिदिन आग्रह समेत गर्नुभयो ।

कुडोसले नियमित रूपमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरी उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । अहिलेको समयानुकूल उपयुक्त र प्रतिस्पर्धी जनशक्ति तयार पार्न कटिबद्ध रहेको बताउँदै प्रिन्सिपल पौडेलले जसका लागि सुविधा सम्पन्न विद्यालय भवनमा तालिमप्राप्त शिक्षक शिक्षिकाबाट संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको जनाउनुभयो । आगामी आर्थिक वर्षदेखि विद्यालयका सम्पूर्ण गतिविधि डिजिटलाइज्ड गरी अभिभावकलाई स्कुलले गरेका पठनपाठन, अन्य क्रियाकलाप, गृहकार्य आफ्नो मोबाइलबाटै हेर्ने व्यवस्था मिलाउने तयारी गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्