बेलबारी साना शहरी खानेपानी समितिको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बेलबारीको आयोजना साथै नोबल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरको सहकार्यमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रवार बेलबारी नगरपालिका वडा नं.३ स्थित बेलबारी साना शहरी खानेपानीको कार्यालय भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

मुटु, आँखा जाँच, दन्त सेवा उपचार लगायतको स्वास्थ्य उपचार सेवा प्रदान गरेको बेलबारी साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष किशोर कार्कीले जनाए । सहकार्यको लागि नोबल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटललाई धन्यवाद प्रदान गर्दै सयौँको सङ्ख्यामा स्थानीयले उपचार सेवा लिएको कोषाध्यक्ष रिक्त गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्