सरकारी कर्मचारीसहित ९ जोडी आपत्तिजनक अवस्थामा पक्राउ


वीरगन्ज, १ मङ्सिर । बाराको जीतपुर सिमर उपमहानगरपालिकामा इलाका प्रहरी कार्यालय सिमराले सरकारी कर्मचारीसहित ९ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ । प्रहरीले शनिवार वाड नं. १ को विभिन्न होटेल तथा लजमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार सिमराको गोर्खाज, दीप, झापाली, नमस्ते र रोजी होटेलमा छापा मार्दा आपत्तिजनक अवस्थामा ९ वटा जोडीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारी समेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौर अनुसार उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । कानुनी प्रक्रिया पूरा भएपछि मात्र उनीहरूलाई छोड्ने प्रवक्ता डिएसपी राठौरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्