टिकाहाङ लिम्बुको ‘भावना’ सार्वजनिक


बेलबारी । टिकाहाङ लिम्बुले भावना गीत सार्वजनिक गरेका छन् । सरस्वती तथा प्रणय दिवसको अवसर पारेर भावना बोलको गीत द्रव्य ब्यान्डको अफिसियल युट्युब च्यानल मार्फत आज बुधवार सार्वजनिक गरेको हो ।

गीतको लेखन तथा स्वर टिकाहाङको रहेको छ । गीत कम्पोज नै टिकाहाङले गरेको स्वयम उनले जनाएका छन् । टिकाहाङ प्रतिभाशाली गायक हुन । तर उनी र उनको ब्यान्डलाई नेपाली साङ्गीतिक क्षेत्रमा पूर्ण पहिचान मिल्न सकेको छैन ।

द्रव्य ब्यान्डले बेलबारीमा रहेर नै सङ्घर्ष गरिरहेका छन् । ‘भावना’ गीत अघि पनि ‘आशुले’ र ‘लेकबेसी’ सार्वजनिक गरिसकेका छन् । दुवै गीत स्थानीय स्तरमा प्रिय भए पनि देशव्यापी चर्चामा आउन सकेन । उनी र उनको ब्यान्डमा प्रतिभा भए पनि भाग्यको पर्खाइमा सङ्घर्ष निरन्तर गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्