जनसेवा मा.वि नमुना विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न


कानेपोखरी । कानेपोखरी गाउँपालिका ६ मा रहेको जनसेवा मा.वि को नमुना विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । वसन्त पञ्चमीको अवसर पारेर नवनिर्मित भवन गाउँपालिका अध्यक्ष राजमती ईङ्गनामले उद्घाटन गर्नुभएको हो ।

सङ्घीय सरकारको नमुना विद्यालय भवन निर्माण कार्यक्रम अन्तर्गत जनसेवा माध्यमिक विद्यालयको सारा सृष्टि निर्माण सेवा प्रा. लि.ले भवन निर्माण गरेको थियो । २०७५ जेठ २६ मा सम्झौता भई २०८३ असार १५ गते सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा सम्पन्न गर्नुपर्ने समय भन्दा करिब १ वर्ष ७ महिना अगावै भवन निर्माण कार्य सम्पन्न भएको थियो ।

सारा सृष्टि निर्माणका प्रोप्राइटर श्री सन्त बहादुर राईलाई समय अगावै काम सम्पन्न गरेकोमा प्रोत्साहन स्वरूप सम्मान-पत्र पालिका अध्यक्ष राजमती ईङ्गनाम,उपाध्यक्ष भोला प्रसाद अधिकारी लगायत पालिका एवम् विद्यालय परिवारले सम्मान व्यक्त गरेका थिए । ४ करोड ३४ लाख ४३ हजार ६७ रुपैयाँ लागतमा सुविधा सम्पन्न ३ तल्ले भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष राजमती ईङ्गनामले सम्झौता भएका ठेक्काहरू समय मै नसकिने वर्षौँ वर्ष समय थपिदहरिनुपर्ने देश व्यापी समस्या रहेको छ । उहाँले भन्नुभयो “ठेक्का सम्झौता समयागबै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पालिकाले मात्र नभई देश व्यापी रूपमा सम्मान गर्नुपर्छ थप हौसला प्रदान गर्नुपर्छ” । यस्तै उहाँले सारा सृष्टि निर्माणका प्रोप्राइटर श्री सन्त बहादुर राईलाई समय अगावै सम्पन्न गरेकोमा धन्यवाद सहित अन्यत्र ठाउँमा पनि यसरी नै काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै वसन्त पञ्चमीको विद्यार्थी एवम् शिक्षक सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । सरस्वती पूजाको अवसरमा नयाँ भवन उ‌द्घाटन तथा हस्तान्तरण, अक्षयकोषका छात्रवृत्ति वितरण, क्यानडा जनसेवा भलिबल प्रतियोगिताको पुरस्कार वितरण लगायत कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्