७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा : मोरङमा नवराज कार्की


काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै चोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी नियमावली, २०७१ ले प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ ।

प्रहरी नियमावलीको धारा ४८ को सरुवा गर्ने अधिकारीको व्यवस्थाको (ग) मा लेखिएको छ, ‘प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरीक्षकसम्म प्रहरी नायव महानिरीक्षकले गर्ने ।’ प्रहरी महानिरीक्षकको क्षेत्राधिकार भए पनि नेकपा माओवादी केन्द्र निकट नेता तथा गृहका अधिकारीहरूको हस्तक्षेप गरेका छन् ।

तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ। कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलान्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।

यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ। स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्।

प्रतिक्रिया दिनुहोस्