हुन्डी कारोबारमा संलग्न एक भारतीय नागरिक पक्राउ


काठमाडौँ, १ मङ्सिर । एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले भारतको बेतिया जिल्ला, जोगपट्टि थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।

भारतीय नोटका साथै हुन्डी कारोबार अवैध रूपमा गर्ने पाएको सूचना आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले प्रसादलाई कुलेश्वरबाट पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी रुगम कुँवरले जनाएका छन् ।

कालीमाटीका प्रहरी प्रमुख डिएसपी कुँवरका अनुसार नेपाली नगद रु.३६ लाख , विभिन्न बैङ्कका रु.३६ लाख ५ हजार बराबरको ६ वटा चेक, ६ वटा खाली चेकबुक र मोबाइल प्रसादको साथमा बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्