कालापानीबाट विदेशी फौज हटाउने प्रधानमन्त्री ओली


काठमाडौँ , १ मङ्सिर / भारतले सार्वजनिक गरेको नयाँ नक्सा विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको भन्दै केही व्यक्तिहरूले सरकारको आलोचना गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।
सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहने छन् ।

अरूको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस् भन्ने आग्रह गरेका छन् । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उनले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने छौँ ।

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरूमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको भन्दै अरू शक्तिशाली देशहरू को पनि साथ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्