बेलबारी ३ निवासी अर्जुन खतिवडाको घरमा आगलागी : रु.१४ लाख बराबरको क्षति


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ निवासी अर्जुन खतिवडाको घरमा आगलागी भएको छ । आज (शुक्रवार) वडा नं.३ स्थित करमडाँडामा दिउसो करिब १२ः०० बजे आगलागी भएको हो ।

बेलबारीको दमकल साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानीय लीला प्रसाद आचार्यले जनाए । आचार्यका अनुसार तत्काल आगो नियन्त्रण कार्यमा स्थानीय साथै बेलकारीको दमकल टोली नजुटेको भए ठुलो क्षति हुन सक्ने थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख तेज प्रसाद दाहालका अनुसार खतिवडाको २ तल्ले पक्की घरको दोस्रो तल्लामा आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानबाट बिजुलीको लाइन सट भई आगो लागेको देखिएको छ ।

घरभित्र रहेको रु.१० लाख बराबरको सुन, रु.१० हजार बराबरको चाँदी, पलङ, दराज, फ्रिज, टेबल लगायतका रु.४ लाख बराबरको घरायसी सामाग्रीको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्