सयपत्रीको २० औँ साधारण सभा सम्पन्न


बेलबारी, ३० कात्तिक ।  सयपत्री बचत तथा ऋण सहकारी, बेलबारी मोरङको २० औँ साधारण सभा सम्पन्न भएको छ । बेलबारी २ सिंहदेवी स्थित सिंहदेवी मन्दिरको सभाहलमा शनिवार साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा बेलबारी नगरपालिका वाड नं २ का अध्यक्ष घनश्याम गौतमले गरेका थिए । साधारणसभामा बेलबारी नगरपालिका नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी सामुदायिक वनका अध्यक्ष फणीन्द्रबहादुर थापा, गोण्डेन फ्युचर सहकारीका उपाध्यक्ष तथा शिक्षा सन्देश ई स्कुलका काउन्सिलर भूपाल बस्नेत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले एउटै उद्देश्य लिएका सबै सहकारीहरूलाई मर्जरको प्रक्रियाबाट अगाडि बढ्न आग्रह गरेका छन् ।
सो अवसरमा जेष्ठ सदस्य सम्मान तथा वर्षभरि उत्कृष्ट रूपमा कारोबार गर्ने असल कारोबारी तथा असल ऋणी र सामुदायिक संस्थागत विद्यालयबाट एस ईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सेयर सदस्यका सन्तानलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाले तयार पारेको वार्षिक प्रतिवेदन संस्थाका सचिव राजेन्द्रप्रसाद गिरी, लेखा संयोजक शिवकुमार रुपाखेतीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष तीर्थबहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव राजेन्द्रप्रसाद गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्