केराबारीमा भोली (शनिवार) केपि ओली कप एक दिवसीय फुटबल प्रतियोगिता हुने


केराबारी । केराबारीमा भोली (शनिवार) केपि ओली कप एक दिवसीय फुटबल प्रतियोगिता हुँदै छ । केराबारी गाउँपालिका वडा नं.९ स्थित भलुवा खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय युवा संघ नेपाल केराबारी गाउँ कमिटीको आयोजनामा प्रतियोगिता हुँदै छ । प्रतियोगितामा वडा नं.९, १०, ५ र ६ गरी ४ वटा फुटबल टिमको सहभागिता रहने गाउँ कमिटी सचिव शङ्कर मगरले जनाएका छन् । मगरका अनुसार विजेता टिमले रु.१० हजार र उपविजेताले रु.५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

फाल्गुन ११ गते काठमाडौँमा हुन गइरहेको केपी ओली कप च्याम्पियनसिपको प्रचारप्रसार गर्ने उद्देश्यले एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरेको गाउँ कमिटीका अध्यक्ष मिथुन देवानले जनाए ।

प्रतिक्रिया दिनुहोस्