सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान


विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रवार श्रमदान गरेका छन् । उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् ।

घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र लोग्ने स्वास्नी गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद याेगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भयकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका हुन् । ´विपन्न गरिबलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको छु,` उनले भने, ´गरिबका दुःख समाजका सबैले बुझेर एक अर्कालाई पारस्परिक सहयोगको भावना सामाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेको हुँ ।`

प्रतिक्रिया दिनुहोस्