छैटौँ बेलबारी मेयर कपको आज अन्तिम सेमिफाइनलमा : वडा नं.८ र ११ भिड्दै


बेलबारी । बेलबारीमा जारी छैटौँ बेलबारी मेयर कपको अन्तिम सेमिफाइनल खेल वडा नं.८ र ११ बिच हुँदै छ । आज (बिहीबार) बेलबारी वाड नं.१ स्थित नक्सल खेल मैदानमा अन्तिम सेमिफाइनल खेल वडा नं.८ र ११ बिच हुँदै छ ।

पहिलो सेमिफाइनल खेल वडा नं.१ र १० बिच हिजो सम्पन्न भएको छ । पहिलो सेमिफाइनल खेलबाट वडा नं.१० फाइनलमा प्रवेश गरेको छ । वडा नं. १० ले १ लाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

प्रतियोगिताको विजेताले रु.१ लाख ११ हजार १ सय ११ र उपविजेताले रु.५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्